दार्चुलामा चरेससहित दुई जना पक्राउ
दार्चुलामा चरेससहित दुई जना पक्राउ परेका छन्।
महाकाली नगरपालिका(४ खलङ्गा बस्ने ६६ वर्षका मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका वडा ४ सिप्टीका ७० वर्षका गौरसिंह ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
दुवै जनालाई हिजो राति शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरीले पक्राउ परेका दुवै जनाको साथबाट ६ केजी १ सय ग्राम चरेश बरामद गरेको छ । गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वर तथा जिल्लाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान गर्न गोकुलेश्वरबाट दार्चुला ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्