चार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि विवरण माग
संवैधानिक परिषद्ले महालेखा परीक्षकसहित चार संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि १५ दिने सूचना प्रकाशन गरेको छ। परिषद्ले ती निकायमा रिक्त पदका लागि योग्यता पुगेका व्यक्तिको अभिलेख तयार पार्न भन्दै शनिबार सूचना निकालेको हो।
परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोगमा रिक्त एक आयुक्त तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगको एक–एक सदस्यका लागि अभिलेख संकलन गर्न लागेको हो।
नेपालको संविधानबमोजिम संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमार्फत् वा संवैधानिक परिषदको इमेलमार्फत् बुझाउन सक्ने सूचनामा उल्लेख छ।
बिहीबार बसेको संवैधानिक परिषद् बैठकले यी रिक्त पदहरुका लागि १५ दिने सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो। बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्