कमलबजारमा नि:शुल्क आँखा शल्यक्रिया शिबिर हुँदै
अछामको कमलबजार नगरपालिकामा दुईदिने बृहत नि:शुल्क आँखा शल्यक्रिया शिबिर सञ्चालन हुने भएको छ ।
कमलबजार नगरपालिका वडा नं २ मा रहेको कमलबजारमा जेठ २५ र २६ गते बृहत नि:शुल्क आँखा शल्यक्रिया शिबिर सञ्चालन हुन लागेको हो ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ , गेटा आखाँ अस्पताल धनगढी कैलाली र जिल्ला स्वास्थ्य कार्यालय अछामको आर्थीक तथा प्राधिक सहयोग तथा कमलबजार नगरपालिकाको समन्वयमा नि:शुल्क शिबिर गर्न लागीएको कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिएका छन् ।
दुई दिन सम्म सञ्चालन हुने शिबिरमा आँखा परिक्षण , चस्माको चेकजाँच , नि:शुल्क औशधी बितरण र मोतियाबिन्दुको अप्रेश गरिने नगरप्रमुख ढकालले बताएका छन् ।
बृहत शिबिर सञ्चालनका लागी तिलगंगा आँखा प्रतिष्ठान , गेटा आँखा अस्पताल , स्वास्थ्य कार्यालय अछाम तथा कमलबजार नगरपालिकाबिच सम्झौता समेत भईसकेको उनले बताएका छन् ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्